गोरखा २४, साउन । गोरखा नगरपालिका कार्यालयका कर्मचारीका कोरोना संक्रमण पुष्टी भएपछि कार्यालयको सेवा अनिश्चित कालका लागि बन्द गरिएको छ । नगरपालिकाले आज एक सूचना प्रकाशन गरि कार्यालयका ५ जना कर्मचारीमा कोरोना पुष्टी आइसोलेसनमा रहेका र अन्य थप ६ जनामा समेत कोरोना भाइरसको लक्षण देखिएको जनाएको छ ।
कोरोना लक्षणदेखिएका कर्मचारीहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरि पठाइएकाले उनिहरुको रिर्पोट प्राप्त नहुदासम्मका लागि कार्यालयबाट प्रदान गरिदै आएको अत्याबश्यक बाहेका सेवा भोलीदेखि बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो ।
नगरपालिकाले जारी गरेको सूचनामा नगरपालिका कार्यालय बाहेका वडा कार्यालय तथा स्वास्थ्य संस्थाबाट भने नियमित सेवा सूचारु हुने जनाएको छ ।