Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा शनिबार ७१ जनामा कोरोना संक्रमण : पालुङटारमा मात्र ५१ जनामा कोरोना देखियो


3.1K
Shares

गोरखामा शनिबार ७१ जनामा कोरोना संक्रमण : पालुङटारमा मात्र ५१ जनामा कोरोना देखियो

गोरखा २४, साउन । गोरखामा शनिबार ७१ जनामा संक्रमण पुष्टी भएको छ । गोरखा नगरपालिका, गोरखा अस्पताल र पालुङटार नगरपालिकामा गरी ७१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो । शनिबार संक्रमण देखिएका मध्ये पालुङटार नगरपालिकामा मात्रै ५१ जनामा रहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण अधिकारीले बताउनुभयो । केही दिन यता पालुङटार नगरपालिका १ को खोप्लाङमा संक्रमण दर उच्च देखिएको छ ।

मेलापात जाने तथा खुकुलो निषेधाज्ञाका कारण मानिसहरुलाई नियन्त्रणमा लिन नसक्दा यो अवस्था आएको स्वास्थ्य प्रमुख अधिकारीले बताए । शनिबार खोप्लाङको जोर्ति चौतारा क्षेत्रमा बसोबास गर्ने ४५ जनामा संक्रमण देखिएको छ । त्यस्तै गरी पालुङटार नगरपालिका ७ को च्याङलीमा ६ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार शनिबार पालुङटार नगरपालिकामा ३१ जना महिला र २० जना पुरुषमा संक्रमण देखिएको छ ।

यता शनिबार नै गोरखा नगरपालिका ९ जना महिला र ८ जना पुरुषमा संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार ६२ जना महिला र ६० जना पुरुषको शनिबार पीसीआर नतिजा प्राप्त हुदा गोरखा नगरपालिकामा १७ जना र पालुङटार नगरपालिकामा ५१ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै गरी शनिबार नै गोरखा अस्पतालमा गरिएको एन्टिजेन परिक्षणका क्रममा १ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको छ ।
हिजो गोरखा अस्पतालमा २ जना महिला र ५ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको थियो । उता धार्चे गाउँपालिकामा ६ जना महिला र ५ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणमा भने कोही पनि संक्रमित देखिएनन् ।

कार्यालयले दिएको जानकारी अनुसार शनिबारसम्म जिल्लाको विभिन्न स्थानिय तहमा ७७२ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology