Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोठालोबाट घर फर्कने क्रममा खोलाले बगाउँदा छोराको मृत्यु, आमा घाइते


6.9K
Shares

गोठालोबाट घर फर्कने क्रममा खोलाले बगाउँदा छोराको मृत्यु, आमा घाइते

सल्यान २४, साउन । गोठालोबाट घर फर्कने क्रममा खोलाले बगाउँदा हिजो साँझ एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । सल्यानमा खहरे खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ भने बालककी आमा घाइते हुनुभएको छ । छत्रेश्वरी गाउँपालिका –४ जुरढुंगाका अन्दाजी १२ वर्षीय ओमकार ओलीको मृत्यु भएको हो ।

स्थानीय चोरपाटा खोलाको गोगन पानीमा आएको खहरेले खोलाले बालकलाई बगाएको वडाध्यक्ष नेव बहादुर खड्काले जानकारी दिनुभयो। खहरे खोलाले बगाउँदा बालकको शव करिब सय मिटर तल फेला परेको थियो । शवको पोष्ट मार्टमपछि परिवारलाई अन्येष्टीका लागि बुझाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology