Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माओबादी केन्द्रबाट निर्वाचित वडाध्यक्षको निधन


3.5K
Shares

माओबादी केन्द्रबाट निर्वाचित वडाध्यक्षको निधन

म्याग्दी :  नेकपा माओबादी केन्द्रबाट निर्वाचत एक वडाध्यक्षको निधन भएको छ । म्याग्दीको मंगला गाउँपालिका -४, बरंजाका वडाध्यक्ष ओमबहादुर रोका (रबि) को ४३ बर्षको अल्पायुमै आज निधन भएको हो ।

वडाध्यक्ष रोका केही समय अघिदेखि नै कलेजो, मृगौला तथा उच्च रक्तचापको बिरामी हुनुहुन्थ्यो । उहाँ नेकपा माओबादी केन्द्रका गण्डकी प्रदेश कमिटीका सदस्य समेत हुनुहुन्थ्यो ।

मृतक रोकाका बुबा आमा श्रीमती र एक छोरा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology