Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको अर्कुलमा फेला परेको शवको पहिचान खुल्यो


3.3K
Shares

गोरखाको अर्कुलमा फेला परेको शवको पहिचान खुल्यो

गोरखा २३, साउन । गोरखाको सिरानचोक गाउँपालिका–७, स्थित अर्कुलमा फेला परेका शवको पहिचान खुलेको छ । दरौदी नदीको बिच बगरमा भेटिएको शव बारपाक सुलिकोट गाउँपालिका ५ लाकुरीबोट घर भएका ५१ बर्षिय यमप्रसाद भट्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।

माछा मार्न गएका एक युवकले नदी बिचमा घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयलाई खबर गरेको र स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरीको टोली शव भेटिएको ठाउँमा पुगेको थियो ।  अनुसन्धानका क्रममा उत्त शव माईला भनिने यमप्रसाद भट्ट रहेको खुल्न आएको प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

एक्लै घरमा बस्दै आएका उहाँको के कति कारण मृत्यु भएको हो भन्ने बिषयमा अनुसन्धान सुरु भइसकेको उहाँले बताउनुभयो । मृत्तक ब्यत्तिको शव गोरखा अस्पतालमा पोष्टमार्टमका लागि ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology