गोरखा २३, साउन । राष्ट्रिय शक्ति नेपालले गोरखामा आज एमसिसिको बिरुद्व बिरोध प्रर्दशन गरेको छ । एमसिसि राष्ट्रघाती भएको र यो कुनै हालतमा परित गर्न नहुने भन्दै शक्ति नेपालले गोरखा सदरमुकाममा बिरोध प्रर्दशन गरेको हो ।
प्रर्दशनमा सहभागीहरु एमसिसि खारेज गर, राजा आउ देश बचाउ, हिन्दु सनातन वैदिक रास्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।
हरमटारी स्थित रंगशाला गेटबाट निकालिएको बिरोध र्याली हरमटारी चोक, जिबिसचोक, शक्तिचोक हुँदै बसपार्कमा पुगेर कोणसभामा परिणत भएको शक्ति नेपालका केन्द्रिय अभियान्ता होमसिंह बस्यातले जानकारी दिनुभयो ।