Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बालाजुको बिस्कुट उद्योगमा भीषण आगलागी : हेलिकप्टरबाट समेत निभाउन कठिन


2.9K
Shares

बालाजुको बिस्कुट उद्योगमा भीषण आगलागी : हेलिकप्टरबाट समेत निभाउन कठिन

काठमाण्डौं २३, साउन । काठमाण्डौंका बालाजुमा रहेको नेबिको बिस्कुट कारखानामा भीषण आगलागी भएको छ । आज बिहान करिब ३ बजेदेखि बिस्कुट उद्योगमा आगलागी सुरु भएको प्रहरी वृत्त बालाजुले जनाएको छ । दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहान हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा आएको छैन । सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको ठाउँमा पानी हालिएको तर घरभित्रको आगलागी भएकोले नियन्त्रण लिन सम्भव नभएको प्रहरीको भनाइ छ । अहिले हेलिकप्टर फर्किसकेको छ ।

आगलागी नियन्त्रणका लागि रातिदेखि नै १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्र परिचालन गरिएको थियो। सम्भव नभएपछि बिहान हेलिकप्टरको प्रयोग गरिएको हो । आगो नियन्त्रणमा नआएपछि हेलिकप्टर पनि फर्किएको प्रहरीको भनाइ छ ।आगलागीबाट भएको क्षतिको बिबरण अहिलेसम्म प्राप्त हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology