गोरखा, २२ साउन : गोरखा जिल्लामा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) को आज बसेको बैठकको निर्णय अनुसार साउन २४ गते राती १२ बजेपछि लागू हुने गरि पुनः जिल्लाभर निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
निषेधाज्ञाको अबधीभरसम्म जिल्ला भित्र सवै प्रकारका सभा, सम्मलेन, गोष्ठी, भेला जात्रा तथा महोत्सव गर्न रोक लगाइएको लगाईको छ । त्यस्तै एम्बुलेन्स शव वाहन, दमकल खाद्य सामाग्री बोकेका सवारी सवारी साधन, पेट्रोलियम पर्दाथ ढुवानीका साधनहरु भने स्वास्थ्य मापदण्डको पालना गरि सञ्चालन गर्न पाउने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
निषेधाज्ञाको अबधीमा जिल्ला भित्र मात्र सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने यस अघिको निर्णयलाई भने यथावत गरिएको छ । तर जिल्ला भित्र सवारी साधन सञ्चालन गर्दा व्यवसायीहरुले सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई भने अनिबार्य पालना गर्नुपर्ने निर्णय डिसिएमसीको बैठकले गरेको उहाँले बताउनभयो ।
‘जिल्ला भित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुले स्विकृत सिट क्षमता भन्दा बढी यात्रु राख्न पाउने छैनन, प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो, ‘चालक, सहचालक र यात्रुहरुले अनिबार्य मास्क, पञ्जा तथा फेससिल्डको प्रयोग गर्नुपर्नेछ ।’ त्यस्तै सवारी साधन नियमित रुपमा निसंक्रमित गराउनुपर्ने निर्णय पनि बैठकले गरेको उहाँले बताउनुभयो ।
बैठकले जिल्ला भित्र बिश्वबिद्यालय तहका जारी बिभिन्न परीक्षा सञ्चालन गर्दा समेत अनिबार्य स्वास्थ्य मापदण्डको पालना गर्न पनि निर्देशन दिएको छ । मठमन्दिर, गुम्बा, मस्जित, मदरसा, चर्च लगायतका धार्मिक स्थलहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरि नियमित नित्य पूजा ध्यान र प्राथना बाहेकका कार्य नगर्न नगराउने निर्णय पनि बैठकले गरेको उहाँले बताउनुभयो ।
त्यस्तै जिल्ला भित्र क्याम्पस, बिधालय, लगायतका शैक्षिक संस्था, तालिम केन्द्र, प्रशिक्षण केन्द्रहरुबाट भौतिक उपस्थितीमा हुने गरि कार्य सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । जिल्ला भित्र संग्राहालय, रङशाला, कर्वड हल, खेलकुद मैदान, पार्टी प्यालेस, सिनेमा हल, डान्स सेन्टर, व्युटी पार्लर, शैलुन जिमखान निषेधाज्ञाका बेला सञ्चालन गर्न नपाइने उहाँले जानकारी दिनुभयो ।
विवाह ब्रतबन्ध लगायतका अन्य संस्कारजन्य कार्यमा होटल तथा पार्टी प्यालेसमा सञ्चालन गर्न नपाईने, आफ्नौ घर परिषरमा गर्दा समेत बढीमा २५ जना मात्र सहभागी हुन पाउने निर्णय बैठकले गरेको छ ।
बैठकले औषधी पसल, वर्कसप, पेट्रोप पम्पहरु २४ सै घण्टा खोल्न पाइने भएपनि अनिबार्य भौतिक दुरी कायम गरेर मात्र सेवा प्रवाह गर्नुपर्ने निर्णय गरेको छ । त्यसबाहेका दैनिक उपभोग्य बस्तुका पसलहरु, पुशपन्छीका दाना पसल, स्टेसनरी पसल, कपडा तथा फेन्सी पसल, सुनचाँदी पसल, फर्निचर इलोक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसल, जुत्ता पसल, प्रेस तथा फोटोकपी पसल, टेलरिङ व्यवसायहरु भने दैनिक बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म खोल्न पाइने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै सेवाग्राहीको भीडभाड बढी हुने प्रकृतिका मालपोत, जिल्ला प्रसासन कार्यालय, नापी कार्यालयहरुले आलोपालोको प्रणाली अबलम्बन गर्नु गरेर सेवा प्रवाह गर्नुपर्ने, बैक तथा बित्तिय संस्थाहरुले सेवाग्राहीहरु बिच भौतिक दुरी कायम गरि सेवा प्रवाह गर्नुपर्ने निर्णय डिसिएमसीको बैठकले गरेको उहाँले बताउनुभयो ।
बैठकले जिल्ला भित्रका कुनै पालिका वा वडाहरुमा कोरोना संक्रमणको दर उच्च भई तत्काल नियन्त्रण गर्नुपर्ने परिस्थिती सृजना भए सम्बन्धित पालिका वा वडाले क्षेत्र तोकी सिल्ड गर्न सक्ने र सोको निर्णय प्रसासन तथा प्रहरीलाई गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।