झापा २२, साउन । घर भत्काउने क्रममा गारोले किचेर एक जनाको ज्यान गएको छ । झापा गाउँपालिका २ झापा बजारका ३५ वर्षीय रपेश सिंहको घरको गारोले किचेर मृत्यु भएको हो ।
स्थानीयबासी विकाश अग्रावालको घर भत्काउने क्रममा घरको गारो ढली किचेर गम्भीर घाइते भएका सिंहको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिंह घर भत्काउने मिस्त्रीको काम गर्दै आइरहेका थिए । घटनाको बारेमा इलाका प्रहरी कार्यालय कुमारखोदबाट प्रहरी टोली खटिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।