Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा हिजो एकदिनमा ११५ जनामा कोरोना संक्रमणको पुष्टी


2.1K
Shares

गोरखामा हिजो एकदिनमा ११५ जनामा कोरोना संक्रमणको पुष्टी

गोरखा २२, साउन । गोरखा जिल्लामा बिहिबार एकैदिन ११५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गोरखा अस्पताल, पालुङटार नगरपालिका, आरुघाट, चुमनुब्री र अजिरकोट गाउँपालिकामा गरी ११५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो । बिहीबार सबै भन्दा धेरै पीसीआर परिक्षण गर्दा ७७ जनामा संक्रमण देखिएको छ ।

जस मध्ये ४३ जना महिला र ३४ जना पुरुष रहेका छन् ।त्यस्तै गरी एन्टिजेन प्रविधी मार्फत ३८ जनामा संक्रमण देखिएको छ । जस मध्ये २३ जना महिला र १५ जना पुरुष रहेका छन् । बिहीबार जिल्लाको आरुघाट गाउँपालिकामा सबै भन्दा धेरै संक्रमित थपिएको छ ।

जहाँ ५४ जना संक्रमित थपिएको कार्यालयले जनाएको छ ।  संक्रमण देखिएका मध्ये पीसीआर तर्फ पालुङटार नगरपालिकामा २० जना महिला र ९ जना पुरुष र आरुघाट गाउँपालिकामा २३ जना महिला र २५ जना पुरुषमा संक्रमण देखिएको छ ।

यता एन्टिजेन परिक्षणका क्रममा गोरखा अस्पतालमा ९ जना महिला र ७ जना पुरुष, आरुघाट गाउँपालिकामा ३–३ जना महिला र पुरुष, चुमनुब्री गाउँपालिकामा ३ जना महिला र २ जना पुरुष तथा अजिरकोट गाउँपालिकामा ८ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जानकारी दिएको छ ।

बिहीबार संक्रमण देखिका मध्ये २४८ जना पुरुष र १८८ जना महिलाको पीसीआर र ७३ जना महिला र ६१ जना पुरुषको एन्टिजेन परिक्षण गर्दा ११५ जनामा संक्रमण देखिएको हो । बिहीबार नै कार्यालयले ११२ जना महिला र १०३ जना पुरुषको पीसीआर संकलन गरेको छ ।
कार्यालयले दिएको जानकारी अनुसार बिहीबार सम्म जिल्लाको विभिन्न स्थानिय तहमा ६८३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology