Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पुलमा चप्पल चिप्लिएर गोरखाका २८ बर्षिय गुरुङको ज्यान गयो


4.6K
Shares

पुलमा चप्पल चिप्लिएर गोरखाका २८ बर्षिय गुरुङको ज्यान गयो

गोरखा २१, साउन । खानेपानी निर्माणको काम गरिरहेका बेला चप्पल चिप्लिएर आज एक मजदुरको मृत्यु भएको छ। जिल्लाको धार्चे गाउँपालिका–२ केरौजाबेसी घर भएका २६ वर्षीय वीरे गुरुङको खानेपानीको पाइप जोड्ने क्रममा आज दिउँसो चिप्लिएर लड्दा मृत्यु भएको हो ।

मृतक गुरुङ बाग्लुङको निसीखोला गाउँपालिका–७ राजकुटस्थित सेम्कादेखि चोलाङ जोड्ने निर्माणाधीन झोलुङ्गे पुलमा गुरुङले काम गर्दै आउनु भएको थियो ।

सोही स्थानमा रहेको खानेपानीको पाइप मर्मत गर्ने क्रममा ढुङ्गामा चिप्लिएर ५० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology