Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नदी किनारमा मोवाइल र चप्पल छोडी बेपत्ता भएका गोरखाका एक पुरुषको शव भेटियो


4.7K
Shares

नदी किनारमा मोवाइल र चप्पल छोडी बेपत्ता भएका गोरखाका एक पुरुषको शव भेटियो

गोरखा, २१ साउन : बिस दिन अघि बेपत्ता भएका गोरखाको आरुघाट गाउँपालिका–३, सोतीका एक पुरुषको आज शव फेला परेको छ । यहीँ साउन १ गते साँझ ६बजे घर निस्किएर बेपत्ता भएका ४५ बर्षका भूबहादुर थापाको बढुगण्डकी नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

बुढी गण्डकी नदीको किनारामा मोवाइल र चप्पल छोडेर बेपत्ता भएका थापाको शव धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर २ पडकेधारीमा नदी किनारमा फेला परेको उहाँले बताउनुभयो । परिवारले भेटिएको शव थापाको नै भएको पुष्टी गरेको डिएसपी दाहालले जानकारी दिनुभयो । बेपत्ता भएदेखि नै प्रहरीले परिवार र स्थानीयबासीको सहयोगमा उहाँको खोजी गरिरहेको थियो ।

मृतकको शव जिल्ला प्रहरी कार्यालय धादिङको समन्व्यमा गोरखाको आरुचनौटे प्राथामिक स्वास्थ्य चौकीमा ल्याउने तयारी भइरहेको डिएसपी दाहालले जानकारी दिनुभयो । शव पोष्टमार्टम पछि अन्येष्टीका लागि परिवारलाई बुझाईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology