गुल्मी २१, साउन । गएराति भएको ट्याक्टर दुर्घटनामा परि चालकको मृत्यु भएको छ । गुल्मीमा सत्यवति गाउँपालिका वडा नम्बर -६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
सत्यवतिको हटियास्थित जुनियाबाट खैरेनीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परेर ट्याक्टर चालक रुरुक्षेत्र गाउँपालिका वडानम्बर ५ निवासी ३३ वर्षका दिपक माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रही कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा सहचालक समान्य घाइते भएको प्रहरीले जनाएको छ ।