Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आज ९५ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना पोजेटिभ


2.7K
Shares

गोरखामा आज ९५ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना पोजेटिभ

गोरखा २०, साउन । गोरखा जिल्लामा आज एकैदिन ९५ जनाको एन्जिेटन परीक्षण गर्दा ३५ जनाका कोरोना पुष्टी भएको छ । जिल्लाका बिभिन्न ४ स्थानिय तहमा गरिएको एन्टिजेन परिक्षण गर्दा संक्रमितहरु थपिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको छ । गोरखा अस्पताल, पालुङटार नगरपालिका, भिमसेन थापा र आरुघाट गाउँपालिकामा ९५ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

संक्रमण देखिएका मध्ये ५३ जना महिला र ४२ जना पुरुषमा एन्टिजेन परिक्षण गर्दा २० जना महिला र १५ जना पुरुषमा संक्रमण देखिएको छ । कार्यालयले आज उपलब्ध गराएको रेकर्ड अनुसार गोरखा अस्पतालमा २ जना महिला र ३ जना पुरुष, पालुङटार नगरपालिकामा १ जना महिला र ३ जना पुरुष, आरुघाट गाउँपालिकामा २ जना महिला र १ जना पुरुष तथा भिमसेन थापा गाउँपालिकामा १५ जना महिला र ८ जना पुरुषमा संक्रमण देखिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराबाट पीसीआर परिक्षणको नतिजा प्राप्त नभएता पनि आज जिल्लाको विभिन्न पालिकामा ४८ जना महिला र ४९ जना पुरुषको पीसीआर संकलन गरिएको कार्यालयले जनाएको छ । बुधबार साँझ सम्म जिल्लाको विभिन्न स्थानिय तहमा ६१५ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology