Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

विद्युत् सर्ट हुँदा घर जलेर नष्ट, लाखौँको क्षति


1.6K
Shares

विद्युत् सर्ट हुँदा घर जलेर नष्ट, लाखौँको क्षति

नागरिक सवाल
कालिकोट २०, साउन । विद्युत् सर्ट हुँदा घर जलेर नष्ट, लाखौँको क्षति भएको छ । कालीकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको हो । मङ्गलबार अपराह्न ४ बजे विद्युत् सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो ।

विद्युत् सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमराज सिम्खाडाले जानकारी दिनुभयो । “घरमा बालबालिका खेलिरहेको बेला आगलागी भएको हो”, उहाँले भन्नुभयो, “घरले छाएको घर जलेर पूरै नष्ट भएको छ ।”

आगलागीबाट मानवीय क्षति नभए पनि लाखौ रुपैयाँ बराबरको धनमालको क्षति भएको वडाध्यक्ष दयाराम सिम्खाडाले बताउनुभयो । उहाँले भन्नुभयो, “घरभित्रका अन्नपानी, लुगाफाटा, भाँडाकुडा, गहनासहित केही नगद रुपैयाँ जलेर नष्ट भएका छन् ।” घर जलेर नष्ट भएपछि सहदेवको छ जनाको परिवार त्रिपालमा बस्दै आएको वडाध्यक्षले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology