काठमाण्डौं २०, साउन । काठमाण्डौंमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आज दिउँसो करिब १ बजेतिर काठमाण्डौ महानगरपालिका वडा नम्बर १६ चःमती बस्दै आएकी २८ वर्षीय बबिता राईको हत्या भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीको टोलीले मृतकका श्रीमान नुवाकोट तादी गाउँपालिका २ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका गोतामेले आफुले हत्या गरेको स्विकार गरेको प्रहरीको भनाई छ । राईको घाँटी थिचेर हत्या गरेको देखिएको छ। मृतकको शरीरमा कुनै हतियार प्रयोग गरेको नदेखिएको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।