गोरखा, २०, साउन : उत्तरी गोरखाको छेकम्पार र चुम्चेत पुग्ने झोलुङ्ग पुलमा पहिरोले पूर्ण क्षति पु¥याएको छ । चुमनुबी गाउँपालिकाको वडा नम्बर ६, चुम्चेत स्थित डुयु खोला माथिको झोलुङ्गे पुल मंगलबार राती गएको पहिरोले चुँडाएर क्षति पु¥याएको स्थानीयबासी सरोज लामाले जानकारी दिनुभयो ।
‘झोलुङ्गे पुल माथिबाट पहिरो खस्दा पुल पुरै चँुडिएको छ, उहाँले भन्नुभयो, अहिले पुलबाट मानिसहरुको आवाजजावत नै पूर्ण रुपमा ठप्प भएको छ ।’ झोलुङ्गे पुल पहिरो चुँडाएपछि खच्चडबाट सामान ढुवानीमा समस्या भएको लामाले बताउनुभयो ।
उक्त पुलबाट हुदै चुमभ्यालीमा पर्ने छेकेम्पार र चुम्चेतका नागरिकहरु आवतजावत गर्नुपर्ने हुन्छ । ‘मूलबाटोमा पर्ने डुयु खोलाको पुलको लठ्ठा पहिरो चुँडाएको छ, उहाँले भन्नुभयो, मानिसहरु घुमाउरो बाटो प्रयोग गरेर हिडडुल गर्नसक्ने अबस्था रहेपछि साँधुरो बाटो भएकाले खच्चड आहोरदोहोर गर्न सक्ने अबस्था छैन ।’
पुल चुँडिदा खाद्यान्य बोकेर गएका चार पाँच ग्रुप खच्चड बिच बाटोमा अलपत्र परेको लामाले बताउनुभयो । ‘बिभिन्न गु्रपमा खाद्य सामाग्री बोकेर जाँदै गरेका करिब ४० वटा भन्दा बढी खच्चडहरु समेत पुल पहिरोले चुडाएपछि बिच बाटोमा नै रोकिएको छ, सडक सञ्जाल नपुगेको यो क्षेत्रमा खच्चड बाहेका ढुवानीको अर्को बिकल्प छैन ।’
पहिरोले पुलमा क्षति पु¥याएपछि त्यस क्षेत्रका करिब १८ वटा भन्दा बढी गाउँका मानिसहरुलाई आवतजावतमा समस्या भएको स्थानीयबासीले बताएका छन् । उनिहरुले पुलको तत्काल मर्मतका लागि पहल गरिदिन समेत माग गरेका छन् । उत्त पुल कादुरी नेपाल नामक संस्थाको सहयोगमा सन् २०१२ मा निर्माण गरिएको थियो । तस्विर : सरोज लामाको फेसबुकबाट साभार
