गोरखा १९, साउन । गोरखामा मास्क नलगाई हिड्ने २१ जनालाई आज पक्राउ गरि जरिवाना गरेर छोडिएको छ । जिल्ला भित्र कोरोना कोरोना संक्रमण दर बढ्दै गएपछि थप संक्रमण फैलन नदिन सचेतन मुलक कार्यक्रम गर्दै आएकोमा घर बाहिर मास्क नलगाई हिड्ने मानिसहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्न सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।
प्रहरीले यस अघि मास्क नलगाउनेहरुलाई सम्झाई बुझाई छोड्ने गरेको भएपनि अटेरी गर्नेहरुलाई नियन्त्रण लिएर जारिबान लगाउन सुरु गरेको उहाँले जानकारी दिनुभयोे । प्रहरीले मास्क नलगाई असुरक्षित तरिकारले स्वास्थ्य मापदण्डको पालना नगरी हिडडुल गर्ने पैदल यात्रु, व्यवसायी, मजदुर, सवारी चालक, सहचालक तथा यात्रुहरुलाई नियन्त्रणमा लिएर १ सय रुपैया दरले जरिबाना लगाएर छोडिएको डिएसपी दाहालले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएकाहरुलाई कोभिड १२ संकट व्यवास्थापन अध्ययादेश, २०७८ बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले मास्क नलगाई घरबाहिर ननिस्कन सवैलाई आग्रह समेत गरेको छ ।