Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सडकमाथिबाट खसेको ढुङ्गा लागेर सहचालकको ज्यान गयो


3.4K
Shares

सडकमाथिबाट खसेको ढुङ्गा लागेर सहचालकको ज्यान गयो

पाल्पा १९, साउन (रासस) : सडकमाथिबाट खसेको ढुङ्गा लागेर एक जीपका सहचालकको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गा लागेर जिपका सहचालकको मृत्यु भएको हो ।

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ७३८७ नंको पिकअप जिपमा सोमबार राति ८ बजे माथिबाट एक्कासि खसेको ढुङ्गा लागेर सहचालक स्याङ्जा वालिङ नगरपालिका–११ बस्ने २३ वर्षीय आशिष खाँणको मृत्यु भएको हो ।

घाइते सहचालक खाँणलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकामा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो। जिप चालक चापाकोट नगरपालिका–५ बस्ने डिलु थापा घाइते हुनुभएको छ । प्रहरीका अनुसार उहाँको अवस्था सामान्य रहेको बुझिएको छ ।  फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology