Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अबैध लागू औषध कोकिन सहित गोरखाका ४५ बर्षिय पुरुष पक्राउ


5.8K
Shares

अबैध लागू औषध कोकिन सहित गोरखाका ४५ बर्षिय पुरुष पक्राउ

गोरखा १९, साउन । अबैध लागू औषध कोकिन सहित प्रहरीले गोरखाका युवकलाई पक्राउ गरेको छ । जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर ५ स्थित लाकुरीबोट स्थायी घर भएका ४५ बर्षका सुरज गुरुङ सहितल ९ जनालाई प्रहरीे पक्राउ गरेको लागू औषध व्युरोले जनाएको छ ।

यहीँ साउन ५०० ग्राम कोकिन सहित पक्राउ परेकाहरु माथि अनुसन्धान गर्दै जादाँ उनिहरुले दिएको सूचनाका आधारमा गुरुङ सहित थप व्यक्ति पक्राउ परेको व्युरोले पुष्टी गरेको हो । नेपाल प्रहरीले एक किलो १२ ग्राम लागूऔषध कोकिनसहित नौ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३ रानीवारीका ४३ वर्षीय अञ्जु थापामगर, ३९ वर्षीया मुना तामाङ गुरुङ, २८ वर्षीय रक्की आलेमगर, २३ वर्षीया रायल थापामगर रहेका छन् ।

त्यस्तै अन्य पक्राउ परेकाहरुमा भारत दक्षिण गोवाका ३९ वर्षीय सन्दीप पटेल, धादिङ नीलकण्ठ नगरपालिका–११ का २७ वर्षीय मिराज ढकाल, काठमाडौँ महानगरपालिका–१३ का ४९ वर्षीय सुदन शाक्य र धादिङ नीलकण्ठ नगरपालिका–११ का २७ वर्षीय मछिन्द्र धमला ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस अघि प्रहरीले कोकिनमा मुख्य तस्करी मानिएका गोरखाका एक युवकलाई पनि पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology