Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बोर्लाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान


7.5K
Shares

बोर्लाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान

गोरखा १८, साउन ।  गोरखाको भीमसेन थापा गाउँपालिका–७,  बोर्लाङमा रहेको बोर्लाङ स्वास्थ्य चौकीलाई आज स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । असल छिमेकी नेपाल नामक संस्थाले स्वास्थ्य चौकीलाई स्वास्थ्य अक्सिजन कन्टसनट्रेटर, प्सल अक्सिमिटर, सेनिटाईजर, अटोस्कोप, ट्रली, बिपी सेट, लगायतका सामाग्री उपलब्ध गराएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

संस्थाले कोभिड रेस्पोन्स कार्यक्रम अन्र्तग बोर्लाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको जनाएको छ । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बडाध्यक्ष श्रेष्ठ, वडासदस्य जीवन कुमाल, स्वास्थ्य चौकीका प्रमुख चण्डिका भट्ट, स्थानीय समाजसेवी बुद्धि श्रेष्ठ, कृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology