Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

यौनधन्दा गराउने गोरखाकी एक महिला सहित दुई जना जेल चलान


13.9K
Shares

यौनधन्दा गराउने गोरखाकी एक महिला सहित दुई जना जेल चलान

गोरखा १८, साउन । यौन धन्दा गराउने गोरखाकी एक महिला सहित दुई जनालाई जेल चलान गरिएको छ । जिल्ला अदालतले काठमाण्डौंले गोरखाको बारपाक सुलिकोट गाउँपालिका घर भएकी प्रिती थापा मगरलाई थुनामा पठाउन आदेश दिएको हो ।

थापासंगै प्ल्याट भाडामा लिएर यौनधन्दा गराउने झापाको गौरादह नगरपालिकाकी ज्योती पोमुलाई अदालतले मुद्दा पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिएको जनाएको छ । उनिहरुले युवतीलाई यौन धन्दामा लगाउने गरेको खुलेपछि मानव बेचविखन अनुसन्धान ब्यूरोले गएको असारमा दुवैजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

अदालतको आदेशले दुवैजनालाई पुर्पक्षका लागी केन्द्रिय कारागार जगन्नाथदेवल थुनामा पठाइएको मानव बेचविखन अनुसन्धान ब्यूरोकी एसएसपी दुर्गा सिंहले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology