कास्की १८, साउन । गोरु काट्दै गरेको अबस्थामा प्रहरी ५ जनालाई पक्राउ गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ कस्केरीस्थित हाइमान तामाङको कुखुरा फर्ममा गोरु काट्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने ५६ वर्षीय कुलबहादुर बिक सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीले उनीहरुलाई गोरु काट्दै गरेको अवस्थामा १ थान बन्चरो, १ थान हसिँया, ३ थान खुकुरी र २ थान चक्कुसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।