गोरखा १८, साउन । गोरखा जिल्लाका दुई औषधी पसललाई औषधी व्यवस्था बिभागले निलम्बन गरेको छ । विभागले गरेको अनुगमनको क्रममा कानुन बिपरित पसल सञ्चालन गरेको पाइएपछि जिल्लाका दुई औषधी पसल कारवाहीमा परेको बिभागले जनाएको छ ।
बिभागका अनुसार गोरखा नगरपालिका वडा नम्बर ६ मा रहेको अञ्जु फामेसी र पालुङटार नगरपालिका वडा नम्बर १० मा रहेको आचार्य हेल्थ सेन्टर प्रालि कारवाहीमा परेको विभागले जनाएको छ ।