बागलुङ १८, साउन । आज बिहान सडकमै बस पल्टिदा बसमा सवार ११ जना यात्रु घाइते भएका छन् । मध्यपहाडी राजमार्ग अन्र्तगत पर्ने बागलुङको गलकोट नगरपालिका–१ सौराह क्षेत्रमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्या बागलुङ डिएसपी इकवाल हवारीले जानकारी दिनुभयो । काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खाएर पल्टिएको प्रहरीको भनाई छ ।
दुर्घटनापछि सवारी चालक गलकोट–१ काफलवुटा बस्ने ५२ वर्षीय चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । फाइल फोटो