Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

परीक्षा बिग्रिएको भन्दै युवतीले भुण्डिएर गरिन आत्माहत्या


3.9K
Shares

परीक्षा बिग्रिएको भन्दै युवतीले भुण्डिएर गरिन आत्माहत्या

सुर्खेत १८, साउन । परीक्षा बिग्रिएको भन्दै एक युवतीले झुण्डिएर आत्माहत्या गरेकी छिन् । सुर्खेतकी पश्चिम पञ्चपुरी नगरपालिका वडा नम्बर ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी २९ बर्षकी बिमला कँडेलले सुसाइट नोट नै लेखेर कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

प्रहरी स्रोतका अनुसार सुसाइड नोटमा उनले बिबिएस प्रथम बर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्याको बाटो रोज्नुपरेको कुरा लेखिएको पाइएको छ । कँडेल जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डियर आत्महत्या गरेकी गरेको प्रहरीले जनाएको छ ।

मृतक कँडेलको शवको पोस्टमार्टम भएपनि अहिलेसम्म रिपोर्ट भने आइनसकेको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology