गोरखा १७, साउन । गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्रि हरिशरण आचार्यलाई पालङ्टार नगरपालिका भित्र रहेका ३६ वटा चर्चहरुको साझा संस्था पालङ्टार इसाई समाजको शुभकामना प्रदान गरेको छ । पालुङ्टार नगरपालिका वडा नम्बर ४ स्थित चुरेटावेसीमा रहेको बिलिभर्स इस्टर्न चर्चा एक कार्यक्रमको आयोजना गरि गोरखाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर मन्त्रि बन्न सफल हुनुभएका आचार्यलाई बधाई तथा शुभकामना कार्यक्रम प्रदान गरेको हो ।
कार्यक्रममा मन्त्री आचार्यले आफू सबैको समान र साझा मान्छे भएको भन्दै सबै धर्म साझा र सम्मानित भएको बताउनुभयो । उहाँले सबैले आ–आफ्नै आस्था र विश्वास हुने भन्दै आफ्नो विश्वासले वाइवल,कुरान, गिता, बुद्धको उपदेश पढेता पनि मनमा आत्मविस्वास हुन नसकेमा हामी अघि बढ्न नसक्ने बताउनुभयो । मन्त्रि आचार्यले आफू जनताहरुको साझा प्रतिनिधि हुनुको नाताले सबैको साझा बनेर हरेक योजना र समग्र पालङ्टारको बिकासमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जनभेटघाटको दौरानमा सचेत जनता र सचेत नागरीक बन्न र जनताको विस्वासिलो पात्र छनोट गरी मतदान गरी जनताको साझा मान्छेलाई निरन्तर सहयोग गर्न अनुरोध गर्दै उहाँले इसाई समाज पालङ्टारको साथमा निरन्तर रहने बताउनुभयो । सो अबसरमा समाजको तर्फबाट समाजका अध्यक्ष सोलफिस्ट तामाङले बधाइ तथा शुभकामना पत्र माननीय मन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम पालुङ्टार इसाइ समाजका अध्यक्ष सोलफिस्ट तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।