Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ एकहप्ताका लागि शिल्ड


4.8K
Shares

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ एकहप्ताका लागि शिल्ड

गोरखा १७, साउन ।  गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर १ एक हप्ताका लागि शिल्ड गरिएको छ । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमितको संख्या बडा भित्र बढ्दै गएपछि संक्रमणको रोकथाम र न्युनिकरणका लागि आज मध्यरातीदेखि लागू हुनेगरि यहीँ साउन २३ गतेसम्मका लागि वडा शिल्ड गरिएको कार्यावहाक वडाध्यक्ष सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

सो अबधीमा शिल्ड गरिएका क्षेत्र भित्र सञ्चालन हुदै आएका नीजि तथा सार्वजनिक यातायातका साधानहरु, होटल, व्यापार व्यवसाय, बैंक, सहकारी तथा बित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द हुने वडा कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ ।

त्यस्तै कोभिड संक्रमणको जोखिमका कारण वडा कार्यालयबाट प्रदान गरिदै आएका अत्याबश्यक बाहेकका सेवा समेत बन्द गरिएको कार्यावहाक वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । वडाले जारी गरेको सूचनालाई बेवास्ता गरेमा प्रचलित कानुन बमोजिम कारवाही गरिने वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology