Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा सडकमा बनेको खाडलमा डुबेर एक बालिकाको मृत्यु : दुईको जिबित्तै उद्धार


5.8K
Shares

गोरखामा सडकमा बनेको खाडलमा डुबेर एक बालिकाको मृत्यु : दुईको जिबित्तै उद्धार

गोरखा १७, साउन । गोरखमा सडकमा बनेको खाडलमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको पालुङटार क्षेत्रमा सडकमा बनेको खाडलमा पौडी खेल्ने क्रममा १ जना बालिकाको मृत्यु भएको हो । अन्य २ जना बालिका भने सकुशल उद्वार गरिएको छ ।
पालुङटार नगरपालिका ६ को लामाटारकी १३ बर्षिया आशा तामाङको पौडी खेल्ने क्रममा ज्यान गएको हो ।

घरबाट बाख्रा चराउन २ जना साथीसंगै गएकी तामाङ पौवाटारदेखि शेरा तर्फको सडकमा ग्रावेल गर्ने क्रममा खनिएको खाडलमा जमेको पानीमा पौडी खेल्दा आशाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।

संगै पौडी खेलेका अन्य २ जनासाथीहरुलाई भने सकुशल उद्वार गरिएको छ । मध्यान्न १२ बजे भएको उत्त घटनापछि अहिले प्रहरी घटना स्थलमा पुगेको छ । प्रहरीले घटनाको बिषयमा प्रहरीले स्थानीयबासीहरु संग सोधपुछ गरिरहेको ्रजिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology