Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नदीमा डुवेर तीन जना बेपत्ता


2.5K
Shares

नदीमा डुवेर तीन जना बेपत्ता

नागरिक सवाल
सुर्खेत १७, साउन । नदीमा डुङगा डुब्दा ३ जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–३, बाट सुर्खेतको चौकुने गाउँपालिका–४, तर्फ जाँदै गरेको डुङ्गा दुर्घटनामा प्रहरी जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

बेपत्ता हुनेहरुमा मोहन्याल गाउँपालिका वडा नम्बर ३ की २० वर्षकी पार्वती थापा, २० वर्षकै उर्मिला मगर र उहाँको १० दिनका छोरा रहेका छन् । डुङ्गामा रहेका १० जनामध्ये सात जनाको उद्धार भएको डीएसपी घर्तीले बताउनुभयो ।

बेपत्ता व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology