Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा सामुदायिक सेवा केन्द्र र प्रहरीले थाल्यो ‘तपाईको मास्क खै’ अभियान


6.4K
Shares

गोरखामा सामुदायिक सेवा केन्द्र र प्रहरीले थाल्यो ‘तपाईको मास्क खै’ अभियान

गोरखा १७, साउन  : गोरखा जिल्लामा निषेधाज्ञा केही खुकुलो पारेसंगै कोरोना संक्रमणको दर बढ्न थालेको छ । जिल्लामा सार्वजनिक सवारी साधन, पसल, बैंक तथा बित्तियसंस्थाहरु खुल्न थालेपछि दिन प्रतिदिन संक्रमणको दर उच्च हुदै गएपछि संक्रमण रोकथाम र न्युनिकरणका लागि सामुदायिक सेवा केन्द्र र प्रहरीले ‘तपाईको मास्क खै’ अभियान सुरु गरेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गरिएको भएता पनि संक्रमण रोकिने भन्दा झनझन बढ्न थालेपछि सचेतना फैलाउन अभियान सुरु गरिएको सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष सुशिलबाबु श्रेष्ठ (कैलास) ले जानकारी दिनुभयो ।

‘कोरोना संक्रमणको बढदै गएको छ, मानिसहरु घर बाहिर निस्कदा र भीडभाडमा जाँदा समेत मास्क नलगाई निस्कने गरेका छन्, उहाँले भन्नुभयो, ‘घर बाहिर निस्कदा मास्क नलगाई निस्कनु हुन्न भन्ने चेतना फैलाउन पनि अभियानको थालनी गरिएको हो ।’ अभियान अन्र्तगत सामुदायिक सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाम क्षेत्र भित्र जनचेतना मूलक पर्चा पम्प्लेट सहित मास्क नलगाउनेहरुलाई मास्क लगाएर मात्र हिडडुल गर्न आग्रह गर्न थालिएको उहाँले बताउनुभयो ।

‘बजार क्षेत्र भीडभाड उत्तिकै छ, यस्तो अबस्था नागरिक आफै सचेत हुनुपर्नेमा त्यस्तो देखिदैन, अध्यक्ष श्रेष्ठले भन्नुभयो, बाक्लो चहलपहल भएका क्षेत्रमा समेत स्वास्थ्य सुरक्षाको सावधानी अपनाउनेहरुको संख्यामा कमी आएकाले पनि संक्रमण झन बढ्न थालेको हो ।’ अभियानका क्रममा मास्क लगाएर पनि सरक्षित हुने गरि नलगाउने व्यक्तिहरुलाई अभियानकर्मीहरुले रोकेर मास्क लगाउन सिकाउन थालिएको उहाँले जानकारी दिनुभयो ।

‘मास्क लगाउनु पर्छ भनेर अब भनिरहनु पर्ने त होइन तर अझै नागरिकहरु आफै अटेरी गरेर मास्क नलगाई हिड्ने गरेका छन्, अध्यक्ष श्रेष्ठले भन्नुभयो, नागरिकहरुमा मास्क लगाएर हिड्नुपर्छ, सामाजिक दुरी कायम गर्नुपर्छ भन्ने आफैले नबुझेसम्म संक्रमण रोकथाम र न्युनिकरण गर्न सजिलो छैन ।’ मास्क नभएर भन्दा पनि हुदाँ हुदै पनि नलगाउनेहरुको संख्या धेरै रहेकाले सचेतना फैलाउनु नै पहिलो प्राथामिकता हुने उहाँको भनाई छ ।

प्रहरीले भीडभाडमा सामाजिक दुरी कायम नगर्ने र मास्क नलगाउनेहरुलाई सम्झाई बुझाई गर्ने छोड्ने गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिनुभयो ।‘केही दिन सम्झाई बुझाई गर्ने हो, अब पनि अटेरी गर्नेहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्छौ, उहाँले भन्नुभयो, कोरोना संक्रमण रोक्न सवै नागरिक सचेत हुनु जरुरी छ ।’ एसपी खनालले संक्रमण दर फैलन नदिनका लागि भीड कम गर्न, जिल्ला प्रसासन कार्यालयले लगाएको निषेधाज्ञाको पूर्ण कार्यान्वयन गर्न आफुहरु लागि परेको बताउनुभयो ।

अभियानमा गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष सुशिलबाबु श्रेष्ठ सहितको टोलीले सदरमुकामको लोकतान्त्रिक चोक, शक्तिचोक, पुरानो बसपार्क, नयाँ बजार, छिपीटोलसम्म माईकिङ गर्दै मास्क लगाउन र कोरोना संक्रमणबाट सुरक्षित रहन नागरिकहरुलाई अनुरोध गरेको थियो । गोरखामा बिहिबार ४३ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा शनिबार फेरि संक्रमितको संख्या १०३ पुगेको थियो । जिल्लाभर अहिले का्ेरानाको संक्रिय संक्रमितको संख्या ५२६ रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology