बाँके । एम्बुलेन्सको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । बाँके कोहलपुर नगरपालिका ९ को बाबानगरमा लायन्स क्लब अफ नेपालगञ्जको भे १ च ५८६ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा अन्दाजि ४५ वर्ष वर्षिय पुरुषको ज्यान गएको हो ।
मृतकको पहिचान भने खुल्न नसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकले न्यू बागेश्वरी एकेडेमी कलेज लेखिएको यूनिफर्म लगाएको प्रहरीले जनाएको छ ।