बझाङ १६, साउन । करेन्ट लागेर एक युवकको आज दिउँसो ज्यान गएको छ । बझाङमा बुंगल नगपालिका–२ रैसेल्लीका अन्दाजी २१ वर्षीय कलक बहादुर जाग्रीको करेन्ट लागेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेको हो ।
जाग्री केही वर्षदेखि बुंगल नगरपालिका–४ विजगडामा होटेल व्यवसाय गर्दै आएको खुलेको छ।जाग्रीको करेसाबारी नजिकै रहेको कुखुरा फारममा छोडेको करेन्टले करेसाबारीमा काम गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टम पछि परिवारलाई बुझाईने प्रहरीले जनाएको छ ।