Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा जिल्ला कोरोनाको संक्रिय संक्रमित ५२६ जना : आज पनि थपिए संक्रमित


1.8K
Shares

गोरखा जिल्ला कोरोनाको संक्रिय संक्रमित ५२६ जना : आज पनि थपिए संक्रमित

गोरखा १६, साउन । गोरखा जिल्लाभर कोरोना भाइरस कोभिड १९ का संक्रिय संक्रमितको संख्या ५२६ पुगेको छ । जिल्लाका बिभिन्न स्थानीय तहहरुमा संक्रमणको दर बढ्न थालेपछि जिल्लामा संक्रमितको दर दिनानु दिन बृद्धि हुदै गएको छ । जिल्लामा आज थप २ स्थानिय तहमा गरिएको एन्टिजेन परिक्षणको क्रममा थप ८ जनामा संक्रमण पुष्टी भएको छ ।

शनिबार भिमसेन थापा र बारपाक सुलिकोट गाउँपालिकामा गरिएको एन्टिजेन परिक्षणमा ८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।परिक्षणका क्रममा भिमसेन थापा गाउँपालिकामा मात्र संक्रमित फेला परेको छ । ६ जना महिला र ८ जना पुरुषमा गरिएको परिक्षणमा ५ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको छ ।

यता बारपाक सुलिकोट गाउँपालिकामा २ जना महिला र ३ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको थियो ।आज प्रदेश स्वास्थ्य निर्देशनालबाट पीसीआर परिक्षणको कुनै पनि रिर्पोट प्राप्त नभएको कार्यालयले जनाएको छ । कार्यालयले आजै भिमसेन थापा गाउँपालिकामा २२ जना महिला र २४ जना पुरुषको पीसीआर संकलन गरेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology