गोरखा १६, साउन । गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्रि हरिशरण आर्चाय गोरखा नगरपालिका १३ देउरालीमा आमाको किरिया बसेकी छोरीहरुलाई भेट्न पुग्नु भएको छ । स्थानीयबासी इन्दिरता नरालको निधन भएपछि आमाको किरिया बसेकी छोरीहरु अर्चना, अनुपा र आशिकालाई भेट्न मन्त्री आचार्य आज दिउँसो देउराली पुग्नु भएको हो ।
भेटमा उहाँले छोरीहरुले आमाको किरिया गरेर समाजमा छोरा छोरी एकै हुन् भन्ने सन्देश दिएको मन्त्री बताउनुभयो । मन्त्रि आर्चायले परिवारमा समवेदना प्रकट समाजमा यस्ता साहशी छोरीहरुको जन्म हुनुपर्ने बताउनुभयो । यसले छोरा छोरी बिचमा समाजमा रहेको बिभेदको अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँहरुको उच्च प्रसंसा गर्नुभयो । गोरखा नगरपालिका १३ स्थित देउराली पुरण्डीमा स्थानीय इन्दिरा नरालको मृत्यु पश्चात उहाँकी ३ छोरीहरु किरिया बस्दै आएका छन ।
छोरीहरु आमाको किरिया बसेको समाचार सार्वजनिक भएपछि सवै उहाँहरुको प्रसंसा हुदै आएको छ । यसै बिच जनता समाजबादी पार्टीका नेता समेत रहनु भएका मन्त्रि आचार्यले आजै पालुङ्टार वडा नम्बर ९ मदने डाँडामा बिभिन्न पार्टी परित्याग गरि जनता समाजबादी पार्टीमा प्रवेश गराउनु भएको छ ।
कार्यक्रममा उहाँले निर्वाचनमा पार्टीले जनतासँग गरेका प्रतिबद्धताहरु पुरा गर्न आफु लागि परेको बताउनुभयो । कार्यक्रममा जसपा गोरखा जिल्ला कमिटिका अध्यक्ष नारायण खत्री, जिल्ला सदस्य पिटर श्रेष्ठ, अर्जुन तामाङ लगायतको सहभागिता रहेको थियो ।