Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा ४८ हजार भन्दा बढी नागरिक दोस्रो डोजको खोपको पखाईमा


3.5K
Shares

गोरखामा ४८ हजार भन्दा बढी नागरिक  दोस्रो डोजको खोपको पखाईमा

गोरखा १६, साउन ।  गोरखा जिल्लामा पहिलो मात्राको खोप लगाएका मध्ये झण्डै ४८ हजार १६३ जना दोस्रो मात्राको खोपको पखाई रहेका छन् । जिल्लामा कोभिशिल्ड खोप लगाएका १५ हजार ९ सय ३९ जना र भरोसेल खोप लगाएका ३२ हजार २२३ जना दोस्रो डोजको खोपको पखाईका रहेको स्वास्थ्य कार्यालय गोरखा कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले जानकारी दिनुभयो ।

जिल्लाभर अहिलेसम्म ६५ हजार ६ सय ७८ जना नागरिकले पहिलो मात्राका खोप लगाएको उहाँले बताउनुभयो । यो १८ बर्ष माथिका झण्डै ४१ प्रतिसत हुन आउने कोल्चेन निरीक्षक खत्रीको भनाई छ । निरीक्षक खत्रीले जिल्ला भित्र जिल्ला भित्र १७ हजार ५१५ जना नागरिकहरुले दुवै मात्रा खोप लगाई सकेको जानकारी दिनुभयो ।

यो पहिलो मात्राको खोप लगाएका मध्ये करिब २६ प्रतिसत हो । जिल्लामा कोरोना खोप लगाएका मध्ये ५५ हजार २२८ जनाले कोभिशिल्ड र भेरोसिल खोप लगाएका उहाँले बताउनुभयो । अमेरिकामा उत्पादन भएको एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप भने अहिलेसम्म करिब १० हजार ४४९ जनाले लगाएको कोल्डचेन निरीक्षक खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology