Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

ट्रकको छतमा चढेका बेला करेन्ट लागेर चालकको मृत्यु


1.8K
Shares

ट्रकको छतमा चढेका बेला करेन्ट लागेर चालकको मृत्यु

सल्यान १६, साउन । ट्रकको छतमा चढेका बेला करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । कपुरकोट गाउँपालिकाको किमुचौरमा करेन्ट लागेर शारदा नगरपालिका–१४ माल्नेटाका २५ वर्षीय विमल भण्डारीको मृत्यु भएको हो ।

रा १ ख २४२७ नम्बरको ट्रकमा तुलसीपुर लैजानका लागि लोड गरिएका मुढालाई डोरीले बाँध्नका लागि छतमा चढेका बेला बिजुलीको तारले सहचालक भण्डारीलाई शुक्रबार बेलुकी करेन्ट लागेको थियो । करेन्ट लागेर खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले बताउनुभयो ।

भण्डारीको शव कपुरकोटस्थित स्वास्थ्यचौकीमा राखिएको छ । पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउन मुचुल्का उठाउन शनिबार बिहान प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology