Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

३३ किलो सुन प्रकरणका फरार एक आरोपी पक्राउ


2.8K
Shares

३३ किलो सुन प्रकरणका फरार एक आरोपी पक्राउ

काठमाण्डौं १५, साउन । ३३ किलो सुनकाण्डमा मुछिएका एक जना फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका वडा नम्बर ८ का भोजे मामा भन्ने भोजराज भण्डारीलाई शुक्रबार काठमाडौंको गौशालाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका भण्डारीमाथि ३३ किलो सुनकाण्डबारे अनुसन्धान अघि बढाइने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी जानकारी दिनुभयो ।

२०७४ फागुन ९ गते दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो। त्यसबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन भएको थियो। यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको हत्या भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology