काठमाण्डौं १५, साउन । पछिल्लो २४ घण्टामा देशभर ३६ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २७ जनाको मृत्यु भएको छ । योसँगै ९ हजार ८३४ जनाको कोरोनाबाट मृत्यु गएको छ । पछिल्लो २४ घण्टामा १८१६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या ६ लाख ५२ हजार २६१ पुगेको छ ।