Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उत्तरी गोरखामा हिम चितुवाको त्रास : दुई हप्ताको अबधीमा १७ खच्चड घोडा मार्यो


5.9K
Shares

उत्तरी गोरखामा हिम चितुवाको त्रास : दुई हप्ताको अबधीमा १७ खच्चड घोडा मार्यो

गोरखा,१५ साउन (रासस) : उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ ओटा घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिमचितवाले घोडा र खच्चड माथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका वडा नम्बर ६, का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिनुभयो ।

‘चुम्चेतको लेकको खर्कमा चराउन छोडिएका मध्ये १६ वटा खच्चड र १ वटा घोडा हिमचितुवाले मारिसकेको छ, उहाँले भन्नुभयो, ‘अहिले बर्खाका बेला सामान ढुवानी गर्न बाटो नभएकाले लेकमा चराउन खच्चड र घोडाहरु छोडिएका बेला चितुवाले धमाधम आक्रमण गर्न थालेको हो ।’

सडक यातायातको पहुँच नपुगेको उत्तरी गोरखामा गोरखामा खच्चडबाट नियमित रुपमा समान ढुवानी गर्ने गरिन्छ । ‘जेठको अन्तिम सातादेखि परेको अबिरल बर्षाका कारण उत्तरी गोरखामा पदैल र खच्चड हिड्ने बाटो समेत अबरुद्ध छ, लामाले भन्नुभयो, चरनका लागि लेकमा छोड्ने चलन छ, चितुवाले आक्रमण गरेर मार्न थालेपछि अब छोड्न पनि डर भएको छ ।’

उहाँले चरनका लागि खर्कमा छोडिएको खच्चड र घोडा नभेटिएपछि खोजी गर्दा चितुवाले मारेको भेटिएको बताउनुभयो । वडाध्यक्ष लामाले स्थानिय आङ्दी लामा, बुझिमा लामा र चित्रबहादुर गुरुङले पाल्दै आएका घोडा र खच्चडलाई चितुवाले आक्रमण गरि मारेको जानकारी दिनुभयो ।

उत्तरी गोरखाको गोरेटो बाटो पहिरोका कारण अबरुद्व भए पछि अहिले त्यस क्षेत्रमा रहेका बसै खच्चडहरु लेकमा चरनका लागि छोडिएको छ । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र आयोजना भित्र पर्ने चुमनुव्री गाउँपालिकाका बिभिन्न स्थानमा सन् २०१०/११ मा पहिलो हिमचितुवा फेला परेको आयोजना प्रमुख अजित तुम्बाहाम्फेले जानकारी दिनुभयो ।

उच्च हिमाली क्षेत्रमा पाइने हिमचितुवा झण्डै ३५ सय मिटर भन्दामाथि पाइने उहाँको भनाई छ । मनास्लु संरक्षण क्षेत्र आयोजनाले सन् २०१०/०११ मा गरेको सर्वेक्षणमा तत्कालिन अबस्थामा त्यस क्षेत्र भित्र १५ वटासम्म हिमचितुवा भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology