Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको पालुङटार नगरपालिकामा मात्र आज एकैदिन ५७ जनामा कोरोना पुष्टी


8.4K
Shares

गोरखाको पालुङटार नगरपालिकामा मात्र आज एकैदिन ५७ जनामा कोरोना पुष्टी

गोरखा १५, साउन । गोरखाको पालुङटार नगरपालिकामा मात्र आज एकैदिन ५७ जनामा कोरोना पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखरामा गरिएको पीसीआर परिक्षणका उनिहरुमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

संक्रमण देखिएका सबै पालुङटार नगरपालिका १ खोप्लाङको भएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

बिहीबार खोप्लाङको खुर्पाजुङ र ज्योति चौतारामा ५२ जना महिला र ५६ जना पुरुषको पीसीआर संकलन गरिएको र आज त्यसको रिर्पोट प्राप्त भएको प्रमख अधिकारीले बताउनुभयो । शुक्रबार संक्रमण देखिएका मध्ये ३० जना महिला र २७ जना पुरुष रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology