गोरखा १५, साउन । गोरखा नगरपालिकामा आज बिहानै मोटरसाईकल र स्कुटर एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको छ । गोरखा नगरपालिका वडा नम्बर १२ स्थित १० किलो बजारमा बा ७९ प ३११० नम्बरको मोटरसाइकल र बाग्मति प्रदेश ०२ ०२० प ७४५७ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।
शाखा सडकबाट मूल सडकमा निस्किएको स्कुटी मूल सडकमा गुडिरहेको मोटरसाइकलमा ठोक्किएको प्रत्यक्ष दर्शीले बताएका छन् । दुर्घटनामा परि मोटरसाइकल चलाक रवि घिमिरे , स्कुटरमा सवार शिशिर ढकाल र आयुस अधिकारी घाइते भएका छन् । उनीहरुलाइ उपचार लागि तारानगर स्वास्थ्य चौकीको एम्बुलेन्सले भरतपुर पठाइएको जनाइएको छ ।