Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

खाल्डोमा जिप खस्दा चालकको ज्यान गयो : एकै परिवारका ४ सहित पाँच जना घाइते


3K
Shares

खाल्डोमा जिप खस्दा चालकको ज्यान गयो : एकै परिवारका ४ सहित पाँच जना घाइते

नागरिक सवाल
काठमाण्डौं १५, साउन । अनियन्त्रित भएर खाल्डोमा जिप खस्दा आज बिहान एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन । धनुषाको सपहीमा निर्माणाधीन पुलको खाल्डोमा बिहान जिप खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि महोत्तरीको भंगहा नगरपालिका–९ का ४५ वर्षीय चालक दीपक यादवको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मध्ये ४ जना चालकका परिवारका सदस्य रहेको प्रहरीको भनाई छ । घाइते पाँचजनाको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology