गोरखा १४, साउन । गोरखा बजार क्षेत्रमा मसला तथा किराना ब्यवसायीले आज मास्क बितरण गरेका छन् । गोरखा चेम्बर अफ कर्मस अन्तरगत रहेको संघले गोरखा बजार क्षेत्रमा कोरोना रोकथाम र न्यनिकरणका लागि सचेतना सहित मास्क बितरण गरेको हो ।
संघले बजार क्षेत्र वरपर २ हजार मास्क बितरण गरिएको जनाएको छ । संक्रमणको उच्च जोखिमको समयमा समेत मास्क नलगाई हिड्ने पैदल यात्री, सवारी चालक, सहचालक तथा यात्रुहरुलाई मास्क बितरणग गरिएको हो ।
चेम्बर अफ कर्मश गोरखाका अध्यक्ष भाईचन्द्र श्रेष्ठले कार्यक्रमको उदघाटन गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकाल लगायतको सहभागिता रहेको थियो ।