रुकुम पश्चिम १४, साउन । प्रहरीले एक महिलाको हत्या गरेको अभियोगमा ३ बाबु छोरालाई पक्राउ गरेको छ । त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री खड्काको हत्या आरोपमा मृतककी माइला जेठाजु केशरबहादुर खड्का र उहाँका दुई छोरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनिहरुलाई घटनास्थलबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धु्रबकुमार श्रेष्ठले जानकारी दिनुभयो । घटनास्थलबाट कपडा, टर्चलाइट जस्ता सामग्री समेत बरामद भएको र त्यसका आधारमा पनि अनुसन्धान भइरहेको अगाडी बढाइएको उहाँले बताउनुभयो ।
घरभन्दा करिब २ सय मिटर टाढा रहेको भैंसीगोठमा घाँस हालेर फर्कने क्रममा राती करिब ९ बजेको समयमा उहाँ माथि टाउकामा धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो । मकैबारीमा लछारपछार पारी बीभत्स ढंगबाट मनकलाको हत्या गरिएको वडाध्यक्ष चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।