गोरखा १३, साउन । गोरखामा जनप्रतिनिधिले नै बिरोध स्वरुप मूल सडकमा कोदो रोपाई गरेका छन् । गोरखा आरुघाट सडक खण्ड अन्र्तगत पर्ने गोरखा नगरपालिकाको ढुङ्गागाडे स्थित धुम्तीमा रहेको हिल्लाम्मे सडकमा वडाध्यक्ष सहितका स्थानिय जन प्रतिनिधिहरुले आज बिहान सडकमै कोदो रोपेर बिरोध प्रर्दशन गरेका छन् ।
मुख्य सडक मानै ठेकेदारको लापरर्वाहीका कारण समयमा निर्माण हुन नसकेको र सर्व साधारणहरुले सास्ती पाएको भन्दै वडाध्यक्ष तथा जनप्रतिनिधीहरुले कच्ची सडकमा कोदो रोपेर बिरोध गरेका हुन ।
उत्तरी गोरखा जाने मुख्य सडकको उत्त भाग लामो समयदेखि हिलाम्य भएर दैनिक दर्जनौ सवारी फस्दा पनि स्थानिय जनप्रतिनिधीहरुले चासो नलिएको भन्दै सर्व साधारणले गुनासो गरेपछि आज वडाध्यक्ष रामशरण अधिकारी सहितको टोलीले कोदो रोपेर बिरोध गरेका हुन् ।