Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा अदालतबाट एक बर्षमा ४१५ थान मुद्दा र्फच्यौट : सम्बन्ध बिच्छेदका मुद्दा नै भण्डै आधा


3.3K
Shares

गोरखा अदालतबाट एक बर्षमा ४१५ थान मुद्दा र्फच्यौट : सम्बन्ध बिच्छेदका मुद्दा नै भण्डै आधा

गोरखा १३, साउन : गोरखा जिल्ला अदालतले गएको आर्थिक बर्ष २०७७/०७८ मा ४२३ थान मुद्दा र्फच्यौट गरेको छ । अदालतमा परेका कुल ७२८ मुद्दा मध्ये करिब ५८.२ प्रतिसत मुद्दा गएको आर्थिक बर्षमा फच्यौट गरिएको जिल्ला न्यायधिस दीनबन्धु बराल जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक बर्ष २०७६/०७७ बाट सरेर आएका ३ सय १३ थान मुद्दा र गत आर्थिक बर्षमा परेका ४१५ थान मुद्दा मध्ये जिम्मेवारीबाट सरेका २२१ थान सहित नयाँ लगतबाट २०२ थान मुद्दा गएको आर्थिक बर्षमा फच्यौट गरिएको उहाँले बताउनुभयो ।

‘अदातलले गएको आर्थिक बर्षमा करिब ६० प्रतिसत मुद्दा फच्यौटको गर्ने लक्ष्य लिएको भएपनि कोरोना संक्रमणका कारण लक्ष्य पुरा हुन भने सकेन, उहाँले भन्नुभयो, तर संक्रमणको जोखिमका बिचमा पनि अदातलले गरेको मुद्दा फच्यौटको अबस्था हेर्दा सन्तोष जनक मान्न सकिन्छ ।’ उहाँले गण्डकी प्रदेश भित्र गोरखा जिल्ला अदालत मुद्दा फच्र्यौटमा सवै भन्दा अगाडी रहेको जानकारी दिनुभयो ।

जिल्ला न्यायधिस बरालका अनुसार अदालतमा परेको मुद्दा मध्ये गत आर्थिक बर्षमा सरेर आएका सहित ३५१ थान मुद्दा सम्बन्ध बिच्छेदका मुद्दा परेको बताउनुभयो । ‘सरेर आएका र नयाँ लगत गरि कुल मुद्दा मध्ये भण्डै ४८. २१ प्रतिसत मुद्दा सम्बन्ध बिच्छेदका रहेका छन्, उहाँले भन्नुभयो, सम्बन्ध बिच्छेदका मात्रे गत आर्थिक बर्षमा २५२ थान मद्दाको फैसला गरिएको छ ।’

जिल्ला न्यायधिस बरालले अघिल्लो आर्थिक बर्षबाट सरेर आएका मध्ये ९२ थान मुद्दा हेर्न बाँकी रहेको जानकारी दिनुभयो । त्यस्तै गत आर्थिक बर्षका नयाँ लगत २१२ मुद्दा पनि फैसला गर्न बाँकी रहेकाले अब चालु आर्थिक बर्षका लागि जिल्ला अदालतमा ३०५ थान मुद्दा सरेर आएको बताउनुभयो । जिल्ला न्यायधिस बरालले अदालतमा परेका मुद्दाको अबस्थालाई हेर्दा जिल्लामा सम्बन्ध बिच्छेदका घटना डरलाग्दो रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology