काठमाण्डौं १३, साउन । रेल र बस एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परि १८ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्ला स्थित लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । दुघर्टनामा परि १९ जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि चालकले राति करिब आठ बजेदेखि सडक किनारमा रोकेका थिए । राति करिब १२ बजेतिर पछाडिबाट रेलले बसलाई ठक्कर दिएको थियो ।धेरैजसोको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।