कैलाली १३, साउन । प्रहरीले अबैध लागू औषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कैलाली गौरीगंगा नगरपालीका वडा नम्बर ८ गिदनिया स्थित पुर्वपश्चिम राज मार्गमा संकास्पद रुपमा हिंडिरहेको २ जना युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलाली गौरीगंगा नगरपालीका वडा नंम्बर ११ शिवपुर बस्ने वर्ष ४० को गोरख भन्ने गोरे धामी र धन बहादुर धामी रहेका छन् ।माथि शंका लागी चेकजाँच गर्दा निजले साथमा बोकेको कालो रंगको झोला भित्र ५ किलो ५०० ग्राम लागु औषध चरेश फेला पारी बरामद गरे लगत्तै प्रारम्भिक अनुसन्धान पछि लागु औषध जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष ३५ को धन बहादुर धामीले दिएको भन्ने कुरा खुल्न आएपछि धनबहादुरलाई पनि प्रहरीको बिशेष टोलीले पक्राउ गरेको हो ।
धनबहादुरलाई गौरीगंगा नगरपालीका वडा नम्बर ११ स्थितमा फेला पारी निजको शरीर तलासी गर्दा निजको साथबाट नगद रु १ लाख २० हजार रपैया समेत बरामत भएको प्रहरीको भनाई छ । दुवै जनालाई लागु औषध चरेश शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको छ ।
