काठमाण्डौं १२, साउन । मरेको भनि सामाजिक सञ्जालमा हल्ला फिँजाइएका बिजय शाहीको खबर झुटो भएको पुष्टी भएको छ । सामाजिक सञ्जालमा चर्चामा आएका शाहीको मृत्युको खबर आएपछि प्रहरीको टोली उनको घरमै पुगेर पुष्टी गरेको थियो । शाही कालिकोटको महावै गाउँपालिका स्थित घरमा फेला परेको कालिकोटका डिएसपी चक्र शाहले जानकारी दिनुभयो ।
आफूलाई ‘मेमोरी किङ’ दाबी गर्ने विजय शाहीको मृत्यु भएको पोस्ट मंगलबार सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको घरमा सम्पर्क गरेको थियो । शाहीले आफू बिरामी भएको हुनाले आराम गरिरहेको जानकारी गराएको प्रहरीले जनाएको छ ।